दैलेख जेष्ठ २२ (ध.स.)
नारायण नगरपालिका कार्यालय दैलेखले दमकल खरिद गरेको झण्डै दुई बर्ष पुग्न थाल्दै गर्दा शुक्रवार सदरमुकाममा पानी बोकेर दमकल कुदेपछि धेरैले सहजै अनुमान लगाए कतै आगलागी भएछ ।
दुल्लू नगरपालिका १० डाँडीमाँडी बजारका जयलाव बिकको घरमा एक्कासी आगलागी भएको छ । दियाली सुनचाँदी पसल भाडामा बसेको उक्त घरको दोस्रो तलामा दिउसो १२ बजे एक्कासी आगलागी भएको दुल्लू प्रहरीले जानकारी दिएको छ । आगलागीबाट ४४ लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट सुन, लत्ताकपडा, भाँडाकुँडा नष्ट हुनुको साथै पक्कि घर समेत क्षती भएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । दिउसो पसल बन्द भएको घरमा मान्छे नभएका कारण मानवीय क्षती नभएको बताईएको छ । आगो निभाउन गएको दमक भने बाटो खरावीका कारण फर्केको थियो ।
त्यस्तै ना.न.पा १ को कुसाँडाको जंगलमा दिउसो आगलागी भएको छ । आगो नियन्त्रणमा लिनको लागि नगरपालिकाको दमकल भने कुसाँडामा पुगेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ ।









